शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङका बागी उम्मेदवार शेरमानलाई ९५ मत

सोमबार, १६ मङ्सिर २०७६, १२ : ०९
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । प्रदेशसभा अन्तर्गत बागलुङ–२ (ख)मा वामपन्थी गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्ती मगरले ९५ मत हासिल गरेका छन् ।

स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गरेका उनले प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन पाएका थिएनन् । 

उम्मेदवारी फिर्ता लिनका लागि छुट्याइएको समयभित्र निर्वाचन कार्यालयमा पुग्न नसकेका उनले कात्तिक २४ गते प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी नरहेको र वामपन्थी गठबन्धनका उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप उनले वाम गठबन्धनकै पक्षमा प्रचार अभियानमा सहभागिता जनाउँदै प्राविधिक रुपमा कायम आफ्नो उम्मेदवारीको प्रचार गरेनन् ।

नेकपामा आवद्ध उनले पार्टीको निर्देशनअनुसार वामपन्थी गठबन्धनकै पक्षमा चुनाव प्रचारमा सहभागिता जनाएका थिए । सो क्षेत्रमा राष्ट्रिय जनमोर्चालाई नेकपाले समर्थन जनाएको थियो । जनमोर्चाले वाम गठबन्धनका तर्फबाट खिमविक्रम शाहीलाई उम्मेदवार बनाएको थियो ।

शेरमानले चुनाव प्रचारमा शाहीकै पक्षमा मत मागेका थिए । यद्यपि मतदानमा उनको पक्षमा ९५ मत खसेको छ ।

सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका शाही ११ हजार २३५ मत ल्याएर विजयी भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप