नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा
नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा, वर्षैभरी हरेक दिन सेवा प्रदान गर्नेछ ।
नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुकालागि एकल विन्दुको रुपमा काम गर्नेछ ।
बैंकको ग्राहक सेवा केन्द्रमा अत्याधुनिक प्रविधि राखेर ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने नबिल बैंकले जनाएको छ ।
यसले देश तथा बिदेश मा रहेका ग्राहकलाई सूचना आदान–प्रदान गर्ने कार्य गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “बैंकको यस ग्राहक सेवा केन्द्र ले हाम्रा ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्नेछ । ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्य रुपमा जोड दिदै आएको ग्राहक सेवा केन्द्रलाई थप सुधार गर्ने र अझ परिस्कृत बनाउनका लागि बल प्रदान गर्नेछौँ”
नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नबिनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको छ ।
यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नुका साथै आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण