बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महिनावारी भएको चार दिनमा छाउगोठमा युवतीको मृत्यु

सोमबार, १६ मङ्सिर २०७६, ११ : २०
सोमबार, १६ मङ्सिर २०७६

 सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एक युवतीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो । 

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । 

घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोठमै १४ महिलाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप