बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘नेकपालाई धरानको किल्ला बर्लिनको पर्खालझैँ ढलेको पत्तै भएन’

सोमबार, १६ मङ्सिर २०७६, १० : १९
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । 

सोमबार सकिएको मतगणनाको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ सय मतले पछि पार्दै तिलक विजयी बनेका हुन् । काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन् ।

यसअघि, धरानमा नेकपाका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । उनको निधनपछि धरानमा उपनिर्वाचन भएको हो ।

यसअघि, धरान उपमहानगरपालिकामा २० हजार ९७५ मत ल्याएर एमालेले चुनाव जितेको थियो । स्थानीय तहको निर्वाचनमा काँग्रेस उम्मेदवारले १६ हजार १०२ मत ल्याउँदा माओवादी उम्मेदवारले ११ हजार १८० मत ल्याएका थिए । एकीकरणपछि नेकपाको मत ३२ हजार १५५ हुनुपर्ने हो । तर, मतपरिणाम विपरित देखिएको छ ।

आफ्नो जीत सुनिश्चित भएपछि नेपाली काँग्रेस उत्साहित बनेको छ । अन्तिम मतपरिणाम आउन अघि नै अहिले मतगणना स्थलबाहिर नेपाली काँग्रेसका कार्यकर्ताहरुले विजय उत्सव शुरु गरिसकेका छन् ।

पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले परिणामप्रति खुसी व्यक्त गर्दै परिवर्तनको पक्षमा उभिएको धरानका जनतालाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कसैले भने ‘पश्चिम बङ्गालझैँ हो धरान, लालझण्डा यहाँ सदैव माथी रहन्छ । बिर्सिए सबैभन्दा माथी जनताको मत रहन्छ । तिनलाई पत्तै भएन पश्चिम बङ्गालको राज अलि अघि स्वयम् ढलिसकेको थियो बर्लिनको पर्खालझैँ ! आज भानु चोकमा उभिएर धरानले भन्यो – म परिवर्तनको पक्षमा उभिन्छु । विन्रम बधाइ धरानलाई ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप