शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख : हिँडडुल गर्न थाले, आइप्याडमै सागको उद्घाटन हेरे

सोमबार, १६ मङ्सिर २०७६, ०८ : ५३
सोमबार, १६ मङ्सिर २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा स्थिती सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् । 

एपेन्डिसाइटिसका साथै र पेटको संक्रमण देखिएपछि उनी गत मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आकस्मिक कक्षमा भर्ना गरेर शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकको सल्लाहमा उनलाई अन्य संक्रमण हुन नदिन आईसीयूमै राखिएको छ ।

प्रधानमन्त्रीलाई अझै केहि दिन आईसीयूमै राखेर सम्भावित संक्रमण हुन नदिने र केही दिनपछि निजी निवास पठाउने तयारी रहेको चिकित्सकले बताए । 

पछिल्लो समय प्रधानमन्त्तीलाई सामान्य हिँडडुल गराइएको अस्पतालले बताएको छ । प्रधानमन्त्री ओलीले आइतबारको दशरथ रंगशालामा आयोजित दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह आइप्याडमा हेरेका थिए । 

प्रधानमन्त्री ओलीलाई अहिलेसम्म आठपटक डायलाइसिस गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप