रोनाल्डोको गोलमा युभेन्ट्सको बराबरी

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोलगर्दै साविक विजेता युभेन्ट्सलाई इटालियन सिरी ‘ए’ फुटबलमा सम्भावित हारबाट जोगाएका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्स ससौलोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुरुवाती अग्रता युभेन्ट्सले लिएको थियो । युभेन्ट्सका लागि लियोनार्दो बोनुचीले पहिलो गोल गरे । ससौलोका जेरीमी बोगाले २२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ४७ औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गरेपछि ससौलो अगाडी बढ्यो । त्यसपछि ६८औं मिनेटमा । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरमिा ल्याएका थिए ।
यस बराबरीले युभेन्ट्सको शीर्ष स्थान गुमेको छ । १४ खेलबाट ३६ अंक बनाएको युभेन्ट्स दोस्रो स्थानमा छ । १४ अंक बनाएको ससौलो १४औं नै स्थानमा छ । आइतबार रातिनै भएको अर्को खेलमा स्पाललाई २–१ गोलले हराउँदै इन्टर मिलान शीर्ष स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा इन्टरलाई जिताउन दुवै गोल लौटारो मार्टिनेजले गरे । लौटारोले १६औं र ४१औं मिनेटमा गोल गरेका थिए । स्पालका लागि माटिया भालोटीले ५०औं मिनेटमा एक गोल फर्काएका थिए । जितसँगै इन्टरले १४ खेलबाट ३७ अंक बनाएको छ । नौ अंक बनाएको स्पाल रेलिगेसनको मारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड