आफ्नै अनुयायी बलात्कारको आरोपमा सिद्धबाबा आईसीयूबाटै पक्राउ
सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘सिद्धबाबा कृष्णदाश महाराज’ भनेर चिनिने कृष्ण बहादुर गिरीलाईलाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार बिहान ५ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरिएको हो । उनीमाथि आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेको छ ।
बलात्कारको आरोप लागे लगत्तै स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अस्पताल भर्ना भएका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता बिनोद शर्माले जानकारी दिए ।
उनलाई इनरुवा अस्पताल सुनसरीमा कडा सुरक्षाको साथ राखिए छ । प्रवक्त शर्माले उनको स्वास्थ्य अवस्था सामान्य भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।
सोमबार बिहानै भक्तजनसँग पूनः भेटघाट सुरु गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको प्रवक्त शर्माल बताए । उनलाई आजै सुनसरी जिल्ला अदालतमा म्याद थपको लागि लगिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई दियो १३६ रनको लक्ष्य
-
लागु औषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
करिब २ सय २१ किलो गाँजासहित एक जना पक्राउ
-
जीवन सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
यस्तो छ ‘अग्निदहन’ फिल्मको को ‘दाइ दाइ नभन मलाई’ गीत
-
गैरआवासीय नेपालीका कारण हाम्रो राष्ट्रियता बलियो बनेको छ : गृहमन्त्री लेखक