फिल्मी करियर समाप्त हुन लागेको खबरमाथि पोखियो विवेक ओबरोयको पीडा, भने यस्तो

बलिउडमा आफ्नो करियर समाप्त हुनलागेको खबरमाथि अभिनेता विवेक ओबरोयले प्रतिक्रिया दिएका छन् । उनको जीवन र करियरको विषयमा विभिन्न कुराहरु लेखिएको तर उनी स्वभावले एक योद्धा भएको हुँदा आफूलाई यस्ता कुराबाट पार पाउन विभिन्न तरिका आउने उनले बताए ।
विवेक ओबरोयले समाचार एजेन्सी पिटिआई–भाषासँग यसबारे कुरा गर्दै भने, ‘म सायद संसारको पहिलो यस्तो व्यक्ति हुँ जोसँग उसको करियर समाप्त भएको विषयमा लेखिएको सबैभन्दा धेरै खबरको विश्व रेकर्ड छ । ‘उनको काम सिद्धिसकेको छ’, ‘अब उनी चल्दैनन्’, ‘त्यसपछि अब उनको करियर समाप्त’ । म यस्ता कुरामा हाँस्छु किनभने मलाई यस्ता कुराबाट पार पाउन आउँछ ।’
नायक विवेक ओबरोयले भने, ‘मैले अत्यधिक बेरोजगारी र अचम्मका कुराहरुको सामना गर्नुपरेको छ । सायद एकदिन म यसमाथि बायोग्राफी पनि लेख्नेछु ।’
विवेकको बलिउडमा १५ वषै लामो करियर छ तर अहिलेसम्म उनले खासै ठूलो उपलब्धि हाँसिल गर्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा उत्रिएका शिक्षकका मागहरू अस्पष्ट छन्
-
अस्पतालको आईसीयूमा रहेकी एयरहोस्टेसमाथि यौन दुर्व्यवहार
-
धरौटी रकम फिर्ता लैजान विद्यार्थीलाई त्रिविको आग्रह
-
विशेषले सफाइ दिएका दुई मुद्दाको अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने