मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडी

सोमबार, १६ मङ्सिर २०७६, ०६ : ३५
सोमबार, १६ मङ्सिर २०७६

नेपालमा चलिरहेको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश ग¥यो ।

यो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त ग¥यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् ।

शनिबार दशरथ रङ्गशालाको स्टेडियममा भलिबलको नेपाली महिला टोली उत्रियो । सेमिफाइनलमा प्रतिस्पर्धा गर्न श्रीलङ्काको महिला टोली पनि साथै उत्रियो । आफ्नै भूमि, आफ्नै दर्शक महिला टोलीमा ऊर्जा दोहोरो भरिएकै थियो । जब खेल सुरु भयो, तब नेपाल श्रीलङ्कामाथि हावी हुँदै गयो । रातको ७ः०० बजे सुरु भएको खेलको दुवै सेटमा नेपालले सहज जित हात पा¥यो ।

बढ्दो मौसमी चिसोले खेलको तातो माहोलमा कुनै असर परेन । दर्शकको हुटिङ नेपाली टोलीलाई थप ऊर्जा भर्दै थियो । जितको अनिवार्य चाप महिला भलिबल टोलीको मस्तिष्कमा झन् बलियो बन्दै थियो । यही उतारचढावसँगै तेस्रो सेटको प्वाइन्ट गिन्ती सुरु भयो । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप