धरान उपमहानगरपालिका : नेपाली काँग्रेसका उम्मेदवारको २६ सय मतको अग्रता
सोमबार, १६ मङ्सिर २०७६, ०६ : २४
धरान उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई जीत नजिक पुगेका छन् । पछिल्लो मतपरिणाम अनुसार राईले आफ्ना निकटतम प्रतिद्वन्द्वीमाथि २६ सयभन्दा बढी मतको अन्तर बनाउन सफल भएका छन् ।
सोमबार बिहानको ताजा मतपरिणामअनुसार ५३ हजार ५१५ मत गनिसक्दा नेपाली काँग्रेसका तिलक राईले २५ हजार ९९५ मत प्राप्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राईले २३ हजार ३९३ मत ल्याएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बर बहादुर लिम्बुले १ हजार १२६ मत ल्याउँदा समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बुले ७ सय ३५ मत ल्याएका छन् ।
यसअघि, धरानमा नेकपाका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।
काँग्रेसले यसअघिको निर्वाचन परिणाम उल्टाउँदै भक्तपुर १ (क) मा जीत हासिल गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका प्रदेश प्रमुख र सरकारबाट अदालतको अवहेलना भयो : कांग्रेस
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो