शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारी मतान्तरसहित दाङ प्रदेशसभामा नेकपाकी विमला विजयी

सोमबार, १६ मङ्सिर २०७६, ०६ : ०६
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ । गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला कुमारी खत्री २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् । 

उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका केशव राज शर्माले १९ हजार १८२ मत प्राप्त गरे । घर्तीले शर्मालाई ५ हजार १०५ मतको अन्तरमा विजय हासिल गरेकी हुन् । 

यसैगरी साझा पार्टीका शिवकुमार चौधरीले २६६ मत ल्याउँदा राप्रपाका भुपाल रावतले २२५ मत ल्याए । 

विमला प्रदेशसभाका दिवंगत सांसद उत्तर कुमार खत्रीकी जीवन संगिनी हुन् । अघिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित उत्तरकुमारको सडक दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा नेकपाले उनकै पत्नी विमलालाई उम्मेदवार बनाएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप