बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अज्ञात समूहले दुई  एक्जाभेटरमा आगो लगायो

आइतबार, १५ मङ्सिर २०७६, २२ : ५१
आइतबार, १५ मङ्सिर २०७६

अज्ञात समूहले दुई एक्जाभेटरमा आगजनी गरेको छ । गए राति भोजपुर नगरपालिका १२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको वाा २ क ७६९२ नंको स्काभेटरमा पेट्रोल छर्केर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्यपहाडी लोक मार्गमा सडक निर्माणका क्रममा राखिएको गोल्डेन गु्रप शेर्पा कन्ट्रक्सन प्रालिको वा २ क ६६१९ नंको एक्जाभेटरमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले बताए । आगजनी कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप