दुई भिक्षुको तीर्थयात्रा

सहान प्रान्तको अमेइपहाडमा थुप्रै बौद्धबिहार थिए । ती बिहारमा थुप्रै बौद्धभिक्षुहरु बस्थे । ठूला बिहारमा बस्ने भिक्षु धनी थिए । साना बिहारमा गरिब थिए ।
एकदिन सानो बिहारमा बस्ने एकजना भिक्षुले दक्षिण चीनसागरबीच एउटा द्वीपमा रहेको सुन्दर पर्वतमालाको यात्रामा जाने निधो गर्यो । फुथ्वो नामको यो पर्वतमाला पुरानो चीनमा निकै प्रसिद्ध थियो । प्रसिद्ध पर्वतमालाको यात्रामा निस्कनुअघि सानो बिहारको भिक्षु बिदाइको नमस्कार गर्न ठूलो बिहारको भिक्षुकहाँ पुग्यो ।
फुथ्वो पर्वत र अमेइ पर्वतका बीच लगभग डेढ हजार किलोमिटरको दूरी थियो । थुप्रै –थुप्रै पहाड र नदीहरु पार गरेर मात्र त्यहाँ पुग्न सकिन्थ्यो । चीनसागरको एउटा ठूलो भङ्गालो पनि पार गर्नुपर्थ्यो । गरिब भिक्षुको यात्राको योजना सुनेर धनी भिक्षु हैरान भयो र सोध्यो, “तिमी केको आडभरोसामा यति टाढाको यात्रा शुरु गर्दैछौ ?”
गरिब भिक्षुले भन्यो, “मेरा लागि पानीको बोत्तल एउटा र एउटा कमण्डलु पर्याप्त छ । तिर्खा लाग्यो भने बोत्तलबाट पानी पिउँछु र भोक लाग्यो भने कमण्डलुमा भिक्षा माग्छु, खान्छु ।”
धनी भिक्षुले भन्यो, “म यसै यात्राको लागि वर्षौदेखि खर्चपर्च र सरसामान जुटाउँदै आएको छु । जति जुटाउँदा पनि एउटा न एउटा कुराको नपुग भइरहेको अवस्था छ । अहिलेसम्म व्यवस्था पूरा गरेर यात्रामा निस्कन सकेको छैन । यत्रो ठूलो यात्रालाई तिमी यति मामुली र सजिलो ठानी रहेका छौ
हैन ? गजब छ बा !!”
एक वर्षपछि गरिब भिक्षु सुन्दर पर्वतमालाको तीर्थयात्रा सकेर अमेइ पहाड फक्र्यो र खबर दिन सरासर धनी भिक्षुको विहारमा पुग्यो ।
ऊ फर्केर आएको देखेर कुचुक्क अनुहार पार्दै धनी भिक्षुले भन्यो, “ए, तिमी त फर्केर पनि आइसक्यौ ? म त अझै तयारीकै क्रममा छु ल !”
“तपार्ईंको तयारी गजब छ कुनै दिन त यात्रामा पनि निस्कनु होला कि ?” गरिब भिक्षुले विनम्र आवाजमा भन्यो । यो सुनेर धनी भिक्षुको अनुहार लालीगुराँसको फूलजस्तै रातो भयो ।
यो रातो डाहा, इर्ष्या, रिस र लाजमध्ये जे पनि हुन सक्छ । आफू समयमा काम पूरा गर्न नसक्नेहरु अरुले गरेकामा डाहा गर्छन् । यो पुरानै चलन हो ।
Title photo master source: https://images.unsplash.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू