धरान उपमहानगरपालिकामा काँग्रेस ७ सय ७ मतले अघि
आइतबार, १५ मङ्सिर २०७६, २० : ३३

काठमाडौँ। धरान उप-महानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसको अग्रता बढ्दो क्रममा छ । उप-महानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सकिँदा काँग्रेसका तिलक राईले ७ सय ७ मतले अग्रता लिएका छन् ।
तिलक राईले ११ हजार ८ सय २७ म प्राप्त गरेका छन् भने नेकपा प्रकाश राईले ११ हजार १ सय २० मत ल्याएर पछ्याइरहेका छन् । यता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३, स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ