आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

प्यूठान ऐरावती२ मा स्वतन्त्र उम्मेदवार बने विजयी

आइतबार, १५ मङ्सिर २०७६, १८ : १४
आइतबार, १५ मङ्सिर २०७६

प्यूठान ।  शनिवार सम्पन्न भएको उपनिर्वाचनमा प्यूठान ऐरावती २ मा स्वतन्त्र  उम्मेदवार भिमेश कुमार घर्ती विजयी भएका छन् । 

राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई ३ सय ५१ मतान्तर सहित हराउँदै घर्ती विजयी भएका हुन् । 

नेकपाले राजमोलाई सहयोग गर्ने गरी निर्वाचनमा जाने सहमति गरेपछि नेकपा निकट घर्तीले स्वतन्त्रबाट उमेद्वारी दिएका थिए ।  छडी चिन्हबाट लडेका घर्तिले ८ सय ५५ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बि.क.ले ५ सय ४ मत र कांग्रेसका भुपाल सिं जि.सी.ले ३ सय ५६ मत प्राप्त गरेका छन् । 

 १ हजार ७ सय ४१ मत खसेको २ नं. वडामा २६ वटा मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।  ऐरावती गाउँपालिका २ का वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समितिका प्रमुख भएपछि अध्यक्ष पद खाली रहेको थियो । 

 ९ मतले नेकपा विजयी
ऐरावती गाउँपालिका १ दाङवाङमा नेकपाका दोर्ण प्रसाद पाण्डे विजयी भएका छन् । नेपाली काँग्रेसका उमेद्वार अमर रेश्मीलाई ९ मतले हराउँदै पाण्डे विजयी भएका हुन् । 

पाण्डेले ६ सय ९६ प्राप्त गरे भने रेश्मीले ६ सय ८७ मत पाए ।   त्यस्तै प्यूठान नगरपालिका २ मा नेकपाका मुक्ती पोख्रेलले विजयी भएका छन् । 

प्यूठान नगरपालिका २, ऐरावती गाउँपालिकाको १ र २ गरी तिन वडा अध्यक्षका लागि भएको उपनिर्वाचनको अन्तिम मत परिणाम आज सार्वजनिक भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप