यी हुन् उपनिर्वाचनमा एक मत ल्याउने र आफैलाई भोट नहाल्ने २२ उम्मेदवार

काठमाडौं । उपनिर्वाचनमा स्थानीय तह अन्तर्गत वडाध्यक्षमा शून्य (०) र १ मत ल्याउने उम्मेदवारको सख्या २२ रहेको छ ।
एक मत ल्याउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का उम्मेदवार समेत रहेका छन् ।
पाँचथरको फिदिम नगरपालिका–१ मा राष्ट्रिय प्रजापन्त्र पार्टी (लोकतान्त्रिक) का उम्मेदवार जानुका थाम्सुवाङ र खोटाङको साकेला गाउँपालिका –३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्द्रबहादुर खड्काले १ मत प्राप्त गरेका हुन् ।
एक मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवारको सख्या ५ छ ।
सप्तरीको छिन्नामास्त गाउँपालिकाका स्वतन्त्र उम्मेदवार धीरेन्द्र कुमार यादव, महोत्तरीको वलवा नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार हेमन्त कुमार साह र गुल्मीको रुरु गाउँपालिका–६ मा स्वतन्त्र उम्मेदवार मन बहादुर पचभैयाले एक मतमात्र प्राप्त गरेका हुन् ।
एक मत पनि नपाउनेमा कपिलवस्तुको शिवराज नगरपालिका –१० का राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका उम्मेदवार नूर मोहम्मद मनिहारसहित केही स्वतन्त्र उम्मेदवार रहेका छन् ।
सिराहाको कल्याणपुर नगरपालिका–१२ मा स्वतन्त्र उम्मेदवार गौरीशंकर यादव, श्यामबाबु दास, सूर्य नारायण, हेबु मुखियाले आफूलाई समेत मत हालेको देखिएन ।
यस्तै बारागढी गाउँपालिका– १ मा स्वतन्त्र उम्मेदवार नरेश पासवान, मोहत्तरीको वलवा नगरपालिका –२ मा स्वतन्त्र उम्मेदवार सुबोध साह, रौतहटको गढीमाई नगरपालिका –२ मा स्वतन्त्र उम्मेदवार नथुनी पासवान, बिनय साह तेली, सकुर मिया, हविब राय भाटले आफूलाई समेत भोट गरेको पाइएन ।
यस्तै सर्लाहीको हरिपूर्वा नगरपालिका– १ का स्वतन्त्र उम्मेदवार मनोज कुमार यादव, मनोज कुमार राय, कपिलवस्तुको शिवराज नगरपालिका –१० का स्वतन्त्र उम्मेदवार मोहम्मद रफिक मनिहार, शिवनारायण कुर्मी, शिवभक्त ठाकुर र शिवलाल यादवले पनि आफूलाई समेत आफूलाई मत हालेको भेटिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैनिक उपभोग्य सामाग्रीको भन्सार महसुल घटाउन माग
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड तत्काल असुलउपर गर्न सिफारिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला