बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचनको जारी मतपरिणामबारे काँग्रेसको आयो यस्तो प्रतिक्रिया

आइतबार, १५ मङ्सिर २०७६, १५ : ३१
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौं । उपनिर्वाचनको जारी मत परिणामले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस उत्साहित बनेको छ । 

जारी मतपरिणामबारे रातोपाटीसँगको संक्षिप्त कुराकानीमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अपेक्षित नजिता आइरहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘०७४ को स्थानीय निर्वाचनमा दुई पार्टी रहेका एमाले र माओवादी एउटै पार्टी भएर एउटै चुनाव चिन्ह साथ उभिँदा निश्चित सिट प्राप्त गर्नेनै कुरा स्वभाविक हो । नेपाली काँग्रेसले अहिलेसम्मको नतिजा हेर्दा प्रायः ठाउँमा मतान्तर घटाउने छ । गएको निर्वाचनमा तुलनात्मक हिसाबले आफ्नो मत, केही सिट पनि बढाउने छ ।’

भक्तपुरको प्रदेश १ (क) मा भएको उपनिर्वाचनमा कृष्णलाल भडेलको विजयीलाई काँग्रेसले सफलताको रुपमा अथ्र्याएको छ ।

उपनिर्वाचनबारे काँग्रेस आज अपराहन्न पत्रकारसम्मेल गर्ने तयारी गरेका शर्माले बताए । 

समाचार तयार पारुन्जेल स्थानीय तह अन्तर्गत विभिन्न जिल्लाका ३९ वटा वडाको नजिता सार्वजनिक भएको छ  । 

जसमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २२ र नेपाली काँग्रेसले १२ वटा वडाध्यक्षमा कब्जमा जमाउन सफल भएका छन् । यस्तै राजपा र समाजवादी पार्टीले ३–३ वडा अध्यक्षमा बाजी मारेका छन् । काँग्रेसले भक्तपुरको प्रदेशसभामा विजयी हासिल गरेको छ । 

यसअघि शनिबार काँग्रेसले चुनावमा धाँधली भएको आशयको विज्ञप्ति निकालेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप