शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महेशपुर थानाबाट सात कैदी फरार

आइतबार, १५ मङ्सिर २०७६, १३ : ३५
आइतबार, १५ मङ्सिर २०७६

सिरहा । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी गाउँपालिकाको हिरासतबाट शनिबार बेलुका ७ जना कैदी फरार भएका छन् । बेलुकाको खाना खुवाउने क्रममा उनीहरु काँडेतार पन्छाएर भागेको बताइएको  बताइएको छ ।

भाग्नेहरुमा लागुऔषध मुद्दाका १९ वर्षीय गोविन्द नेपाल, १५ वर्षीय मो. रियाज मियाँ, ४५ वर्षीय रामाशिष यादव, २६ वर्षीय रन्धिर कुमार यादव, २१ वर्षीय गणेश साह, २७ वर्षीय नविन यादव र वहुविवाह मुद्दाका २१ वर्षीय संजय यादव छन् । चौकीमा ११ जना थुनुवा थिए ।

राति भाग्ने क्रममा लागुऔषध मुद्दाका २० वर्षीय रिशन खड्कालाई स्थानीय गाउँलेले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएका थिए ।
स्थानीयले भने प्रहरीकै मिलेमतोमा भगाएको आरोप लगाउँदै आएको छ । उनीहरु काँडेतारले बारेको सुरक्षा घेरा पन्छाएर भागेका हुन् ।

सो इलाका प्रहरी कार्यालयमा प्रमुख कृष्ण श्रेष्ठको कमाण्डमा २७ जना प्रहरी कार्यरत छन् । जसमध्ये केही प्रहरी निर्वाचन र रामजानकी विवाहउत्वको कार्यक्रममा गएको जनाइएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको भन्दै अझै केही बताएको छैन । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले घटनाको १७ घण्टा बितिसक्दा पनि यसबारे जानकारी दिन आनाकानी गरिरहेका छन् । उनले छानविन भईरहेको भन्दै सबै कुरा बताउन नसकिने जानकारी दिए । उनले भने, ‘हामी घटनाबारे छानविन गरिरहेका छौं, अहिले नै केही भन्न सकिदैँन ।’
प्रहरीले भगौडाहरुको खोजी भइरहेको जनाएको छ ।  

विभन्न मुद्दामा थुनुवामा रहेको थुनुवाहरु भागेको बताएपनि त्यसको सम्पूर्ण जानकारी अझै आईनसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता इन्सपेक्टर उमाशंकर यादवले जनाए । उनलेभने, ‘त्यहाँबाट भागेको भन्ने सुनेपनि त्यसको आधिकारीक सूचना अझै आइसकेको छैन, चाँडै त्यसको डिटेल आउँदैछ, आएपछि तपाईहरुलाई सुचना दिउँला ।’

कृष्ण श्रेष्ठाको नेतृत्वमा रहेको इलाकामा आजै भएको उपनिर्वाचनमा प्रहरीहरु खटिएकोले कम प्रहरी रहेको बेला भागेको हुन सक्ने बताइएको छ । भगौडाहरुको खोजीमा प्रहरी परिचालन गरिएको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप