यस्तो छ भक्तपुर क्षेत्र १ (क)को अन्तिम मत परिणाम, क–कसले कति भोट पाए ?

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् । भडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
भँडेलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार डीपी ढकालले ११ हजार २ सय ०६ मत पाएका छन् भने नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्याम प्रसाद नेपालले ५७४ मत प्राप्त गरेका छन् । भने, साझा पार्टीका उम्मेदवार सुरज प्रधानले ३९३ भोट पाएका छन् ।
यता, नेपाल कम्युनिष्ट पार्टी (माले) का उम्मेदवार सुदर्शन लामिछानेले ३७, समाजवादी पार्टीका उम्मेदवार सुदर्शन कुमार मुनकर्मीले ३२ भोट प्राप्त गरेका छन् ।
२०७४ मा भएको प्रदेशसभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने विजयी भएका थिए । लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए ।