शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा ढिस्कोमा पुरिएर एकै गाउँका पाँचको मृत्यु, एकजना जोगिए

आइतबार, १५ मङ्सिर २०७६, ११ : ११
आइतबार, १५ मङ्सिर २०७६

पोखरा । पोखरा महानगरपालिका–२० मौजामा नाली खन्ने क्रममा पुरिएर ५ जनाको मृत्यु भएको छ । ढिस्को पुरिएर मृत्यु हुने सबै एकै गाउँका हुन् । 

सडकको नाली खन्ने क्रममा पुरिनेमा खिमलाल ओली, गणेश ओली, बिजबहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी, र दोभान बस्नेत रहेको वडाध्यक्ष सिम गुरुङले जानकारी दिए । 

नाली खन्ने क्रममा एक्कासी ढिस्कको खसेर उनीहरु पुरिएका थिए । नाली खन्न मजदुर ७ मध्ये एकजना भागेर बाँच्न सफल भएका छन् । 

उनलाई सामान्य चोट लागेको वडाध्यक्ष गुरुङले  जानकारी दिए । भागेर बाँच्न सफल भएका खिमलाल बस्नेत हुन् ।

पुरिने मजदुर सबै सल्यानको बागचौर नगरपालिका–४ पेदीखोला स्थायी ठेगान भई हाल पोखरामा मजदुरी गर्दै आईरहेका थिए । 

पुरिएका ५ मध्ये तोभान बस्नेत, खिमलाल बस्नेत र गणेश ओलीको शव झिकीसकेको वडाध्यक्ष गुुरुङले जानकारी दिए । उद्दारका लागि सशस्त्र प्रहरी र आर्मी पनि खटिएको छ ।

बाँकी २ को शव निकाल्ने क्रम जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप