शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डिम्पल कपाडियाकी आमाको निधन, केही दिन अघि मनाएकी थिइन् ८० औं जन्मदिन

आइतबार, १५ मङ्सिर २०७६, १० : १६
आइतबार, १५ मङ्सिर २०७६

बलिउड नायिका डिम्पल कपाडियाकी आमा बेट्टी कपाडियाको शनिबार अबेर राती निधन भएको छ । उनी पछिल्लो केही दिनअघि बिरामी थिइन् त्यसपछि उनलाई हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । उनले केही दिन अघि मात्रै आफ्नो ८० औं जन्मदिन मनाएकी थिइन् ।

रिपोर्टका अनुसार डिम्पलकी आमा बेट्टीलाई सास फेर्न समस्या थियो । केही दिन अघि डिम्पलले पनि आमाको खराब स्वास्थ्य बारे जानकारी दिएकी थिइन् । डिम्पल र उनकी छोरी ट्वींकल खन्नालाई थुप्रै पटक अस्पताल गइरहेको भेटिएको थियो जसका कारण डिम्पलको स्वास्थ्य खराब भएको हो कि भनेर अनुमान गरिएको थियो । यसमाथि स्पष्टिकरण दिँदै डिम्पलले आमाको स्वास्थ्यबारे जानकारी दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप