बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

युरो २०२० : पोर्चुगल, फ्रान्स र जमर्नी एकै समूहमा

आइतबार, १५ मङ्सिर २०७६, १० : ०१
आइतबार, १५ मङ्सिर २०७६

सन् २०२० मा हुने युरोकप फुटबलमा साबिक विजेता पोर्चुगल कठिन समुहमा परेको छ ।

युरोपियन फुटबल महासंघ (युएईएफए) ले शनिबार राति सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार साविक विजेता पोर्चुगल कठिन समूहमा परेको हो । पोर्चुगल रहेको समुह ‘एफ’ मा फ्रान्स र जर्मनी छन् ।

यस समूहमा इजरायल, रोमानिया, बुल्गेरिया वा हङ्गेरीमध्ये एक टोली प्लेअफबाट आउनेछ ।

यसैगरी समुह ‘ए’ मा टर्की, इटली, वेल्स र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्यान्ड छन् । समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र एक टोली प्ले अफबाट आउनेछ ।

समूह ‘डी’ मा इङ्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टोली रहेको छ । समूह ‘ई’ मा स्पेन, पोल्यान्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टोली रहेको छ ।

सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म युरोकपका विभिन्न १२ देशमा हुनेछ । युरोकपमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप