शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा नेकपालाई ठूलो झट्का, तीनवटै वडामा नेपाली काँग्रेस विजयी (सूचीसहित)

आइतबार, १५ मङ्सिर २०७६, ०९ : ४९
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । नेपाल कम्य्रनिष्ट पार्टी (नेकपा)लाई चितवन जिल्लामा ठूलो झट्का लागेको छ । शनिबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडामा नेपाली काँग्रेस विजयी भयो ।

दुई पार्टी तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ दलले तीनवटै वडा जित्ने दावी गर्दै आएको थियो । तर, चुनावी नतिजाले नेकपाको दाबीलाई उल्टाइदिएको छ । यसअघि जित हासिल गरेको वडामा समेत नेकपाले पराजय भोग्न परेको छ ।

भरतपुर महानगरपालिका–१६ बाट भक्तराज हमाल नेकपाबाट उम्मेद्वार बनेका थिए । १६ वडामा यसअघि नेकपा एमाले एक्लै हुँदा ६४ मतान्तरतले जित हासिल गरेको थियो ।

अहिले पार्टी एक हुँदा पनि काँग्रेससँग नेकपा उम्मेद्वार ३०८ मतको अन्तरले पराजित भएका छन् । ३ हजार १८३ मत प्राप्त गर्दै काँग्रेसका उम्मेद्वार अमृतराज हमाल वडा नम्बर १६ को वडाअध्यक्षमा विजयी भएका हुन् ।

यस्तै नेकपा उम्मेद्वार भक्तराज हमालले २ हजार ८७५ मत प्राप्त गरेका थिए । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।

यस्तै पूर्वीचितवनको खैरहनी नगरपालिका–४ मा पनि नेपाली काँग्रेसका उम्मेद्वार नै विजयी भएका छन् । काँग्रेस उम्मेद्वार देवबहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले हराएका छन् ।

बस्नेतले १ हजार १ सय ३८ मत प्राप्त गरे भने अधिकारीले ९८६ मत प्राप्त गरे । २ हजार ६ सय ९२ मतदाता रहेको यस वडामा २ हजार १ सय ७२ मत खसेको थियो ।

खैरहनी नगरपालिका–५ मा नेपाली काँग्रेसकी प्रतिमा कार्की (बस्नेत) विजयी भएकी छन् । कार्की नेकपा उम्मेद्वारलाई ८६ मतान्तरले फरक पार्दै वडाअध्यक्षमा विजयी भएकी हुन् ।

कार्कीले ८ सय ४२ प्राप्त गरिन्भने नेकपा उम्मेद्वार पुननारायण प्रधानले ७ सय ५६ मत प्राप्त गरेका छन् । । २ हजार १ सय ११ मतदाता रहेको यस वडामा १ हजार ६ सय ७० मत खसेको थियो ।

कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिका– ४ र ५ वडाका अडाध्यक्षहरुको सवारी दुर्घटनामा निधनपछि पनि काँग्रैसकै उम्मेद्वारहरु विजयी भएका हुन् ।

चितवन जिल्ला नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला समेत हो । आफ्ना उम्मेद्वारलाई जिताउन अध्यक्ष प्रचण्ड स्वंम चितवनमा दौडधुप गरेका थिए । हमाललाई जिताउन प्रचण्ड स्वंम चुनावी सभामा सम्बोधन गर्न चितवन पुगेका थिए ।भरतपुर महानगरपालिका–१६

सूर्य २८७५

रुख ३१८३

खैरहनी नगरपालिका–४

सूर्य १ १ ३८

रुख ९८६

खैरहनी नगरपालिका–५

सूर्य ७५६

रुख ८४२

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप