बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२२ हजार मत गन्दा काँग्रेस उम्मेदवारको २४ सय ३६ मतले अग्रता

आइतबार, १५ मङ्सिर २०७६, ०९ : २१
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेलले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले करीब २२ हजार मत गन्दा २४ सय ३६ मतको अग्रता बनाएका छन् । 

उनले १०३९५ मत ल्याउँदा नेकपा उम्मेदवार डिपी ढकाल (देवीप्रसाद) ले ७ हजार ९५९ मत ल्याएका छन् । यस्तै मजदूत किसान पार्टीका निरज लवजूले २२ सय ४७ मत ल्याएका छन् । मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप