रवीन्द्र मिश्रले विवाहको वर्षगाँठमा श्रीमतीलाई भने, ‘यस्तै खुसी बाँडिरहन पाउँ’

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो विवाहको वर्षगाँठमा श्रीमतीका लागि लेखिएको कविता सेयर गरेका छन् ।
आइतबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा ‘तिमी र म’ शीर्षकको उक्त कविता पोष्ट गर्दै उनले लेखेका छन्, ‘हाम्रो विवाह वार्षिकोत्सवमा तिमीलाई टाढा (पोखरा) बाट तिम्रैलागि लेखेको एउटा पुरानो कविता पठाएको छु । जीवनभरी यस्तै खुसी बाँडिरहन पाउँ ।’
उनको कविता यस्तो छः
तिमी र म
धेरै टाढा हिउंको सिरकमा
अलि पर पहाडको पछ्यौरीमा
वगानमा बहकिएको हरियाली, अनि
बीचबीचमा मात्तिएर, उर्लिएर
सुस्ताएको नदीमा
कहाँ छैनौं हामी? तिमी र म…
तिमी र म
क्षितिजका बान्की-बान्कीमा
फुर्किएका पंधेरी, ओत र ओडारमा
झरेका चियाका पात
अनि नदी छेउ
पानी-पानी भएर बहेको पानीमा
कहाँ छैनौं हामी? तिमी र म…
तिमी र म
सेताम्यमा रंगिएको सासमा
पहाडमा लजाएको परेलीमा
बुटानमा अल्झिएको तुना
अनि
नदीमा उघ्रिएको वेगमा
कहाँ छैनौं हामी? तिमी र म…
तिमी र म
हेर्दाहेर्दै बन्द भएका आँखामा
मुस्कुराउंदै मन्द भएका ओठमा
हाम्रो स्पर्श, आभा
भावना र आवेगमा
कहाँ छैनौं हामी? तिमी र म…
मेरा कवितामा
अन्नततामा, निरन्ततामा
ब्रम्ह, विष्णु र महेश्वर मा
कहाँ छैनौं हामी? तिमी र म…
रवीन्द्र मिश्र र उनकी श्रीमती सारिका कार्कीलाई धेरैले प्रेरणादायी जोडीको रुपमा पनि हेर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?