भक्तपुरमा नेपाली काँग्रेस २३ सय भोटले अगाडि
काठमाडौँ । भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्का पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । आइतबार बिहान सात बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४,५ र ६ को मतगणना भएको छ ।
हालसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार २३ सयभन्दा बढी भोटले अगाडि रहेका छन् ।
यस्तो छ हालसम्मको मतपरीणाम
सूर्य – ६७८३
रुख – ९०९५
मादल – २०६४
गाई – २९४
तराजु – २४८
हासिया हथौडा – १४
हात – १५
उपनिर्वाचन मा ७०.७२ प्रतिशत मत खसेको छ । यस प्रदेशमा कुल ४५ हजार १५ मतदाता रहेकामा जम्मा ३१ हजार ६५२ जना मतदाताले मतदान गरेका छन् । २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा मतदान गरिएको थियो ।
यहाँ एक प्रदेश सभा सदस्यकालागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल, नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल र नेमकिपाका उम्मेदवार निरज लवजुबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनबिचको व्यापार र पारवहन क्षेत्रलाई थप सुदृढ बनाइने
-
६ करोड २७ लाख लागतमा कोहलपुरमा प्रहरीको पेट्रोल पम्प निर्माण
-
जर्मनीमा कन्जर्भेटिभ पार्टीको जितसँगै सुरु भयो नयाँ सरकारको होमवर्क
-
सशस्त्र प्रहरी बल नेपाल विधेयकमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल
-
भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन् : एकीकृत समाजवादी
-
खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध