शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा नेपाली काँग्रेस २३ सय भोटले अगाडि

आइतबार, १५ मङ्सिर २०७६, ०७ : ५०
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्का पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । आइतबार बिहान सात बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४,५ र ६ को मतगणना भएको छ ।

हालसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार २३ सयभन्दा बढी भोटले अगाडि रहेका छन् ।

यस्तो छ हालसम्मको मतपरीणाम

सूर्य – ६७८३

रुख – ९०९५

मादल – २०६४

गाई – २९४

तराजु – २४८

हासिया हथौडा – १४

हात – १५

उपनिर्वाचन मा  ७०.७२ प्रतिशत मत खसेको छ । यस प्रदेशमा कुल ४५ हजार १५ मतदाता रहेकामा जम्मा ३१ हजार ६५२ जना मतदाताले मतदान गरेका छन् । २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा मतदान गरिएको थियो ।

यहाँ एक प्रदेश सभा सदस्यकालागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल, नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल र नेमकिपाका उम्मेदवार निरज लवजुबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप