बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की २ अपडेट :  वडा नम्बर ३३ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई अगाडि

आइतबार, १५ मङ्सिर २०७६, ०७ : १५
आइतबार, १५ मङ्सिर २०७६

कास्की–२ मा सत्तारुढ नेकपा अगाडि देखिएको छ । वडा नम्बर–३३ को मतगणना सकिदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको छ । 

वडा नम्बर–३३ मा कुल ५ हजार ६ सय ४२ मत खसेकोमा नेकपाकी विद्या भट्टराईले ३२ सय ७६ मत पाएकी छिन् । यो मत प्रमुख प्रतिपक्ष कांग्रेसको भन्दा ११ सय ६१ मतले बढी छ ।

वडा नम्बर–३३ मा कांग्रेसका खेमराज पौडेलले २१ सय १५ मत पाएका छन् भने समाजवादीका धर्मराजले ९५ मत पाएका छन् । साझाकी रजनीले ३१ मत कमल थापा नेतृत्वको राप्रपाले ४७ मत र नेपाली कांग्रेस
बिपीले ७ मत पाएको छ । 

रातको साढे दशबजेबाट सुरु हुने भनिएको मतगणना मतपेटीकामा लगाइएको शिल्डको रुज गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा केही समय मतगणना रोकिएको थियो । 

रातिको १०ः३० मा सुरु हुन लागेको मतगणना विवादका कारण १ः४० बजे सुरु भएको थियो ।

कास्की–२ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा जम्मा ४५ हजार ५ सय ६३ मत मात्रै खसेको छ । वडा नम्बर–३३ को मतगणना ६ बजे सकिएको थियो ६ बजेदेखि वडा नम्बर–२१ को मतगणना सुरु भएको छ । मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप