शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल ऐतिहासिक उपाधिको मुखमा, फाइनलमा भारतसँग खेल्ने

शनिबार, १४ मङ्सिर २०७६, २२ : ३२
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौं । नेपाली महिला भलिबल टोली १३ औं सागको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो । नेपालले पहिलो सेटमा २५–१४, दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २५–२१ को जित निकालेको थियो ।

साग भबिलको नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरको हो । यस जितसँगै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ । यो नेपाली भलिबलमा ऐतिहासिक उपलब्धि हो । फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा नेपालले बंगलादेशलाई सोझो सेटमा हराएको थियो । नेपाल भारतसँग भने पराजित भएको थियो ।

फाइनलमा नेपालले फेरि भारतसँग प्रतिस्पर्धा गर्नेछ । आइतबारनै भएको अर्को सेमिफाइनल खेलमा भारतले माल्दिभ्सलाई ३–० को सोझो सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको थियो । भारतले माल्दिभ्सलाई २५–१४, २५–६, २५–१७ को सेटमा हराएको हो । फाइनल खेल मंगलबार हुनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप