शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वादविवाद प्रतियोगितामा रेजिना कुँवर प्रथम

शनिबार, १४ मङ्सिर २०७६, १५ : ५३
शनिबार, १४ मङ्सिर २०७६

काठमाडौँ । विज्डम इङ्लिस एकेडेमी कलङ्कीले विद्यार्थीको अन्तर्निहित सिर्जनशीलतालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ अन्तर विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । 

शुक्रबार आयोजित ‘भविष्य निर्माणमा बुबाको भन्दा आमाको भूमिका बढी’ शीर्षकमा भएको प्रतियोगितामा सीतापाइलास्थित ज्योति एकेडेमीकी छात्रा रेजिना कुँवर प्रथम भएकी छिन् । 

उपत्यकाका विभिन्न १६ विद्यालयका ३२ विद्यार्थीले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतिस्पर्धीमध्येबाट रिब्स स्कुलकी सम्प्रदा अधिकारी द्वितीय, हार्टल्यान्ड स्कुलका विनोद गुरुङ तृतीय एवं वेस्ट प्वाइन्ट स्कुलकी एरिका जोशीले सान्त्वना स्थान प्रप्त गरेका छन् । 

‘भविष्य निर्माणमा बुबाको भन्दा आमाको भूमिका बढी’ हुन्छ भन्ने विषयको पक्ष एवं विपक्षमा प्रतियोगी विद्यार्थीहरूले आआफ्ना तर्क प्रस्तुत गरेका थिए । 

विज्डम एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रमको निर्णायकमा साहित्यकार जितु खड्का एवं पाटन बहुमुखी क्याम्पसका सहप्रा अवतार सुवेदी थिए ।  

पुरस्कार विजेता विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल शिवप्रसाद अधिकारी एवं अध्यक्ष पुरुषोत्तमप्रसाद अधिकारीले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप