बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानीमन्त्री बिना मगरले गरिन् मतदान

शनिबार, १४ मङ्सिर २०७६, १३ : ३८
शनिबार, १४ मङ्सिर २०७६

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा शनिबार भइरहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी छिन्। मन्त्री मगरले गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर बिहान साढे ९ बजेको समयमा मतदान गरेकाे उनका प्रमुख स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए ।

जम्मा एक हजार १ सय ९९ जना मतदाता रहेको वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन् । दुई मतदान केन्द्र निर्धारण गरिएको उक्त मतदान स्थलमा क मतदान केन्द्रमा ६१६ र ख मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले जानकारी दिए ।

वि.संं. २०७४ सालको असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सो वडामा निर्वाचित वडाध्यक्ष फैरू तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको अध्यक्ष पद रिक्त रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप