बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अब टिफिन सर्भिस चलाएर गुजारा गरिरहेकी छिन् सलमानसँग बलिउडमा डेब्यू गर्ने नायिका पूजा

शनिबार, १४ मङ्सिर २०७६, १३ : ३२
शनिबार, १४ मङ्सिर २०७६

सन् १९९५ मा सलमान खानसँग फिल्म ‘वीरगति’ बाट डेब्यू गर्ने नायिका पूजा डडवाल अब मुम्बईमा टिफिन सर्भिस चलाएर आफ्नो जीवन गुजारा गरिरहेकी छिन् । पूजाले एक अन्तर्वार्तमा आफ्नो जीवनको उतारचढावबारे खुलेर कुरा गरेकी छिन् ।

पैसाको कमीसँग जुधिरहेकी छिन् पूजाः

पूजाले अन्तर्वार्तामा भनिन्, ‘गत वर्ष क्षयरोगजस्तो गम्भीर रोगसँग जुधेपछि अब म ठिक छु । म फिल्म उद्योगमा फिर्ता हुन चाहन्छु र कामको सिलसिलामा मानिसहरुसँग भेटघाट पनि भइरहेको छ । मैले अहिलेसम्म काम पाएकी छैन । पैसा छैन तर आत्मविश्वासले भरिपूर्ण छु । जीवन गुजारा गर्नका लागि मैले अहिले टिफिन सर्भिस सुरु गरेकी छु । के गर्ने भनेर मैले केही सोच्नै नसकेको अवस्थामा मेरा साथी राजेन्द्र सिंह (फिल्म निर्देशक) ले मलाई टिफिन सर्भिसको आइडिया दिए । उनले मलाई यसका लागि स्थान र सामान पनि उपलब्ध गराएका छन् । म अहिले काम गर्ने ठाउँमा नै बसिरहेकी छु । मैले कुनै न कुनै दिन बलिउडमा काम पाउँछु भनेर मलाई विश्वास छ ।’

सलमानले गरेका थिए मद्दतः

गत वर्ष क्षयरोग भएपछि पूजाको उपचार गर्न सलमान खान अग्रसर भएका थिए । उनको बिइंग ह्युमन फाउन्डेशनले १० महिनासम्म पूजाको उपचारको खर्च उठायो र उनको हेरविचार गर्यो । यहाँसम्म कि पूजा ठिक भएपछि गोवामा बस्नका लागि भाडाको घरको प्रबन्धसमेत मिलाएको थियो । बिरामी हुनुअघि पूजा गोवामा क्यासिनोमा काम गर्थिन् । पूजाले अन्तर्वार्तामा भनिन्, ‘म सलमानलाई भेटेर उनलाई धन्यवाद दिन चाहन्छु । उनी मेरा लागि भगवानसमान हुन् । उनले मलाई नयाँ जीवन दिएका छन् ।’

श्रीमान् र परिवारले छोडेः

रोगका कारण उनका श्रीमान् र परिवारले उनलाई एक्लै छोडिदिए । सुरुवातमा सही उपचार नपाउादा उनको स्वास्थ्य बिग्रिएको थियो । यहाँसम्म कि टिबीका कारण उनको तौल २३ किलो मात्रै भएको थियो । पछि राम्रो उपचार, राम्रो खानपिन र हेरविचारका कारण उनी स्वस्थ भएकी छिन् । पूजाले वीरगतिबाहेक ‘दबदबा, हिन्दुस्तान, सिन्दुरकी सौगन्ध र म्याडम नम्बर वान’ जस्ता फिल्ममा काम गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप