बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिर नजिकै महिलाको जलेको शव भेटियो, ४८ घण्टाभित्र यो दोस्रो घटना

शनिबार, १४ मङ्सिर २०७६, १२ : ५८
शनिबार, १४ मङ्सिर २०७६

भारतको तेलंगानाको सिद्दुला गुट्टा मन्दिर इलाकामा शुक्रबार एक महिलाको जलेको शव भेटिएको छ । यो क्षेत्र आरजीआई एयरपोर्ट पुलिस स्टेशन नजिकै छ । शमशाबाद जोनका डिसीपी प्रकाश रेड्डीले दिएको जानकारी अनुसार पुलिसलाई स्थानीयले मन्दिर नजिकै एक महिलाको शव जलिरहेको छ भन्ने जानकारी दिएका थिए । यद्यपि, मानिसहरुले आगो निभाउने कोसिस गरे तर उनीहरु असफल भए ।

पुलिसले भारतीय मिडियासँगको कुराकानीमा भने, ‘प्राथमिक रुपमा शव कुनै ३०–३५ वर्षीया महिलाको जस्तो लागिरहेको छ । उनको पहिचान अझै हुन बाँकी छ । शवलाई पोष्टमार्टमका लागि सरकारी अस्पताल पठाइएको छ ।’

घटनाको थप अनुसन्धान भइरहेको रेड्डीले बताएका छन् । महिलाले आफैंलाई आगो लगाएकी हुन् वा उनको कसैले हत्या गरेको हो यसबारे अनुसन्धानका लागि थुप्रै समूह संलग्न भएको रेड्डीले बताए ।


पुश चिकित्सकमाथि सामूहिक बलात्कार, त्यसपछि जिउँदै जलाइयोः

रंगा रेड्डी जिल्लाको शादनगर इलाकामा बुधबार एक पशु चिकित्सक हराएकी थिइन् । बुधबार रातीदेखि बिहिबार बिहानसम्म डाक्टरमाथि सामुहिक बलात्कार भयो । त्यसपछि उनलाई २० किलोमिटर टाढा लगेर आगो लगाइयो । शुक्रबार घटना चर्चामा आयो । चार संदिग्धलाई पक्राउ पनि गरिएको  छ । उनीहरु ट्रक ड्राइभर र क्लिनर हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप