बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सैफलाई दुईपटक ‘रिजेक्ट’ गरेकी थिइन् करीनाले, कारण यस्तो

शनिबार, १४ मङ्सिर २०७६, १२ : २१
शनिबार, १४ मङ्सिर २०७६

बलिउड अभिनेत्री करीना कपूरले अभिनेता सैफ अली खानसँग विवाह गरिन् । सैफकी दोस्री श्रीमतीको रुपमा विवाह गर्नु अविवाहित अभिनेत्री करीनालाई पक्कै पनि अफ्ट्यारो परेको हुनसक्छ ।

उनीहरुको विवाह त भयो तर धेरैलाई आश्चर्यमा पार्यो पनि । चर्चामा रहेको उनीहरुको विवाहको बारेमा भर्खरै एक कार्यक्रमकाबीच बताएका छिन् ।

उनले सैफले दुई पटक प्रपोज गर्दा पनि अस्विकार गरेको बताएकी छिन् । सैफले उनलाई ग्रिसमा पहिलोपटक विवाहको लागि प्रपोज गरेका थिए तर उनले अस्विकार गरिदिइन् ।

करीनालाई सैफले विवाह गरौँ भनेर दुई पटक आग्रह गर्दा पनि करीनाले विवाह नगर्ने अडान लिएकी थिइन् । तर उनले सैफलाई बुझ्न केही समय मागेकी थिइन् ।

तर, उनी अहिले सैफसँग विवाह गर्नु करियरकै सबैभन्दा ठूलो फैसला भएको बताउँछिन् । उनीहरु सन् २००८ मा फिल्म ‘टशन’ बाट नजिकिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप