रौतहट र बारामा शान्तिपूर्ण रुपमा उपनिर्वाचन हुँदै

रौतहट । रौतहट र बाराका रिक्त स्थानमा शान्तिपूर्ण रुपमा उपनिर्वाचन भइरहेको छ । रौतहटको गढीमाई नगरपालिका वडा २ मा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा बिहानैदेखि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।
जहाँ वडाध्यक्ष पदमा नेकपाबाट जबार मिया, नेपाली काँग्रेसबाट दिपेन्द्र श्रेष्ठ, समाजवादी पार्टीबाट दिनेश दास तत्मा लगायत विभिन्न दल र स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका छन् ।
वडा २ मा कुल एकहजार आठसय ७० जना मतदाता रहेको जिल्ला प्रमुख निर्वाचन अधिकृत बसन्तराज पौडेलले जानकारी दिए ।
गढीमाई नपा २ स्थित समाजबादी पार्टी बाट निर्वाचित वडा अध्यक्ष योगेन्द्र दाश तत्माको निधन पछि उपनिर्वाचन हुनलागेको हो ।
उता बाराको बारागढी गाँउपालिका वडा १ स्थित वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचन भइरहेको छ ।
एकजना स्वतन्त्र सहित वडा अध्यक्षपदका लागी ११ जना उम्मेदवारले निर्वाचन प्रक्रियामा भाग लिएका छन् ।
निर्वाचनमा कुल दुुईहजार तिनसय ६७ जना मतदाता रहेको प्रमुख जिल्ला निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले बताएका छन ।
मतदानका लागि तीनवटा मतदान केन्द्रमा बिहानैदेखि मतदान भइरहेको छ ।
बारागढी गाँउपालिका २ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष नन्दलाल राय थारुको मृत्युु भएपछि उपनिर्वाचन हुनलागेको हो ।
बिहान ७ बजे देखी सुरु भएको मतदान बेलुुकी ५ बजेसम्म हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे