महिला डाक्टरको बलात्कारपछि हत्याको घटनापछि रिसमा देखियो बलिउड
हैदराबादमा एक महिला पशु चिकित्सकमाथि भएको बलात्कार र हत्याको घटनापछि भारतमा मात्रै नभई यसले विभिन्न स्थानमा खैलाबैला मच्चाएको छ । घटनाबारे जानकार हरेकले आरोपीका लागि कडा सजायको माग गरिरहेका छन् । यो खबरले बलिउडलाई पनि स्तब्ध पारेको छ । खबर सुनेपछि नायक अक्षय कुमारले ट्वीटरमार्फत् आफ्नो रोष व्यक्त गरेका छन् । उनले तमिलनाडु, राँची बलात्कारको घटना र निर्भया केसबारे पनि कुरा गरेका छन् ।
अक्षय कुमारले ट्वीटरमा लेखे, ‘चाहे त्यो हैदराबाद बलात्कार मुद्दा होस्, तमिलनाडु बलात्कार केस होस् वा राँचीमा वकिलकी छात्रामाथि भएको सामुहिक बलात्कार, हामी एक समाजको रुपमा हारिरहेका छौं । सबैलाई भित्रैदेखि हल्लाएको निर्भया घटना भएको सात वर्ष पुगिसक्यो र हाम्रो नैतिकता अहिलेपनि छिन्न भिन्न छ । हामीलाई कडा नियमको आवश्यकता छ । यो अब बन्द हुनुपर्छ ।’
Whether it is #PriyankaReddy in Hyderabad, #Roja in Tamil Nadu or the law student gangraped in Ranchi,we seem to be losing it as a society. It has been 7 yrs to the gut-wrenching #Nirbhaya case & our moral fabric continues to be in pieces.We need stricter laws.This needs to STOP!
— Akshay Kumar (@akshaykumar) November 29, 2019
यो ट्वीटमा अक्षय कुमारको रोष स्पष्ट देख्न सकिन्छ । अक्षय कुमाबाहेक बलिउडसँग सम्बन्धित थुप्रै अन्य व्यक्तिले पनि यसमा दुःख जताउँदै रिस पोखेका छन् । यसमा फरहान अख्तर, शबाना आजमी, टिभी शो क्राइम पेट्रोलका प्रस्तोता नायक अनूप सोनी र नायिका यामी गौतम समावेश छन् ।
अभिनेता फरहान अख्तरले लेखे, ‘ती व्यक्तिहरुले महिला डाक्टरमाथि जे गरे त्यसले के याद दिलाउँछ भने यस्तो मामलामा तत्काल सुनुवाई र न्याय नदिलाउँदा हामीले आफ्नो समुदायलाई कतिसम्म असुरक्षित बनाएका छौं । यो दुःखद घडीमा मेरो समवेदना त्यो परिवारसँग छ ।’
यसबाहेक अभिनेत्री शबाना आजमीले ट्वीटरमा लेखिन्, ‘त्यो आतंक, त्यो क्रुरता । यी राक्षसलाई उनीहरुको कुकृत्यको सजाय पाउनुपर्छ । मलाई उनको परिवारका लागि दुःख छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
