शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा फेरि अर्को बम बिस्फोट

शनिबार, १४ मङ्सिर २०७६, ०८ : ४१
शनिबार, १४ मङ्सिर २०७६

पोखरामा फेरि अर्को बम बिस्फोट भएको छ । पोखरा–९ नयाँबजारको नवप्रभात माध्यामिक विद्यालय  नजिकै बम बिस्फोट भएको हो ।

यसअघि पोखरा–३३ बागमाराको सरस्वती टीका मावी र पोखरा–१६ अर्मलाको शान्ति मावी नजिकै बम बिस्फोट भएको थियो ।

बागमारामा मतदान केन्द्रको ५ सय मिटर नजिकै बम बिस्फोट भएको प्रहरीले जनाएको थियो । पोखरा १६ अर्मलामा समाजवादीका धर्मराज गुरुङले मतदान गर्न लागेको समयामा बम बिस्फोट भएको हो । उनले मतदान गर्न लागेको मतदान स्थलबाट करिब ५० मिटर नजिकै बम बिस्फोट भएको प्रगरीले जनाएको थियो। 

बम बिस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

घटना कस्ले घटायो भन्ने बारे अझै यकिन हुन सकेको छैन । यो घटनाबाट पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप