उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम बिस्फोट
शनिबार, १४ मङ्सिर २०७६, ०८ : २५
उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो । दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ आज मतदात हुदैछ ।
निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।
बिस्फोटबाट कुनै क्षति भने नभएको प्रजिअ रिजालले बताए। कसले के बिस्फोट गराएको हो भन्ने नखुलेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँ : सांसद सिंह
-
तोलामा दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार
-
नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल
-
‘शिवांश : च्याप्टर–१’को छायाङ्कन सुरु
-
विकास साझेदारसँग आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा छलफल
-
समूह विजेता बन्ने लक्ष्यसहित नेपाल आज भारतसँग भिड्दै