सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

काँग्रेस उम्मेदवार केशव र नेकपा उम्मेदवार विमलाको पहिलो मतदान

शनिबार, १४ मङ्सिर २०७६, ०८ : ०२
शनिबार, १४ मङ्सिर २०७६

उपनिर्वाचनका उम्मेदवारहरुले सबैभन्दा पहिलो मतदान गरेका छन् । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पदका उम्मेदवार केशव आचार्यले विहान ७ बजेतिर दंगिशरण गाउँपालिका वडा नं–५ सरौलास्थित लक्ष्मी नारायण प्रावि सरौला मतदान केन्द्रवाट मतदान गरेका हुन् । 

उक्त मतदान केन्द्रमा आचार्यले सबैभन्दा पहिला मतदान गरेका हुन् । 

त्यस्तै, नेकपाकी प्रदेशसभा सदस्य पदकी उम्मेदवार विमला वलीले पनि दंगिशरण गाउँपालिका वडा नं। ६ स्थित मावि श्रीगाउँ  मतदान केन्द्रमा पहिलो मतदान गरेकी हुन् । 

वलीका श्रीमान उत्तरकुमार वलीको गत साल माघमा भएको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त स्थानमा शनिवार उपनिर्वाचन भएको हो । मतदानमा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । 

कति छन् मतदाता ?

प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि रिक्त स्थानमा मंसिर १४ गते दाङको निर्वाचन क्षेत्र नं– ३ (२)मा पुनः उपनिर्वाचन हुन लागेको हो । दाङकै घोराही उपमहानगरपालिका वडा नं। १६ मा पनि वडा अध्यक्ष लक्षिण बुढा मगरको रोगका कारण मृत्यु भएपछि त्यहाँपनि नयाँ वडाअध्यक्ष चुन्नको लागि शनिवार मतदान हुँदै छ । त्यसको लागि ७३ हजार १ सय ७२ जना मतदाताले मतदान गर्दै छन् । 

प्रदेशसभा सदस्य चुन्नको लागि ६८ हजार ७ सय १९ जनाले मताधिकार पाएका छन् भने घोराही १६को वडा अध्यक्ष चुन्न ४ हजार ४ सय ५३ जनाले मतदान गर्ने भएका छन् । 

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले सुरक्षाको अति नै राम्रो प्रवन्ध गरिएको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप