बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लण्डन ब्रिजमा अन्धाधुन्ध छुरी प्रहारः दुईको मृत्यु, हमलाकर्ताको हत्या

शनिबार, १४ मङ्सिर २०७६, ०७ : ५२
शनिबार, १४ मङ्सिर २०७६

केन्द्रीय लण्डनस्थित लण्डन ब्रिजमा भएको अन्धाधुन्ध छुरी प्रहार हुँदा दुईजनाको मृत्यु भएको छ  । पुलिसले संदिग्ध हमलाकर्ताको गोली हानी हत्या गरेको छ ।

उक्त घटनाको केही घण्टापछि नै शहरको द हेगको स्थानीय पुलिसका अनुसार एक डिपार्टमेन्टल स्टोरमा एक व्यक्तिले चक्कु हमला गरेर कम्तीमा तीनजनालाई घाइते बनाइ फरार भएका छन् । पुलिसका अनुुसार हमलाकर्ताको उमेर ४०–५० वर्षको हाराहारीमा थियो । पुलिसले हमलाकर्ताको खोजी गरिरहेको छ ।

उता लण्डन ब्रिजमा भएको हमलालाई लण्डन मेट्रोपोलिटन पुलिसले ‘आतंककारी घटना’ को संज्ञा दिएको छ ।

पुलिसका अनुसार हमलाकर्ताको घटनास्थलमा नै मत्यु भएको र उनले नक्कली बिस्फोटक ज्याकेट लगाएका थिए ।

मेट्रोपोलिटन पुलिसकी प्रमुख क्रेसिडा डिकले घटनापछि पत्रकार सम्मेलनमा चक्कु हमलाको घटना सबैभन्दा पहिले फिशमन्गर हलमा भएको बताएकी छिन् ।

उनका अनुसार खबर पाएलगत्तै पाँच मिनेटभित्र पुलिस घटनास्थल पुगेको थियो ।

क्रेसिडा डिकले पुलिसले वास्तवमा के भएको थियो र यो घटनामा अन्य कोही व्यक्तिको पनि संलग्न छ भनी अनुसन्धान गरिरहेको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप