गुल्मीमा जीप दुर्घटना हुँदा ७ जना घाइते, २ को अवस्था गम्भीर
शुक्रबार, १३ मङ्सिर २०७६, २० : १०

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा जीप चालक २५ वर्षीय लालबहादुर नेपाली र स्थानीय महिला ५० वर्षीया चन्द्रकला घिमिरे रहेका छन् ।
शुक्रबार साँझ लु १ च७२४८ नम्बरको जीप रुपाकोटको दोकुवाबाट रोइकट एक्लेपिपल जाने क्रममा बे्रक फेल हुँदा रुपाकोटमा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार गम्भीर घाइते २ जनालार्ई उपचारका लागि पाल्पा पठाइएको छ ।
अन्य ५ जनाको खैरेनी स्वास्थ्य चौकीमा उपचार हुँदैछ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुल्योदेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल