प्रस्तावित विधेयकले सञ्चारकर्मीहरुलाई फाइदा हुन्छ : मन्त्री बाँस्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमलाई जिम्मेवार बनाउन नयाँ कानून ल्याउनु परेको बताएका छन् ।
सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बाँंस्कोटाले संचारमाध्यमहहरुलाई थप जिम्मेवार बनाउन सरकारले विधयेक ल्याएको बताए ।
मिडिया काउन्सिल विधेयक संसद्मा पेश गरी छलफल भइरहेका सन्दर्भमा सकारले त्यसको स्वयत्ततामाथि प्रश्न उठाउन नमिले पनि त्यसलाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। साथै उनले प्रस्तावित विधेयकले सञ्चारकर्मीहरुलाई फाइदा पुग्ने बताए ।
नयाँ व्यवसथाले केही ठूला मिडिया हाउसहरुलाई असर पर्ने भएपनि विधेयक समग्र प्रेसको हितमा रहेको उनले बताए । मन्त्री बाँंस्कोटाले समाचार प्रकाशनमा गलत अभ्यास हुन नदिन पनि विधेयक अपरिहार्य रहेको तर्क गरे ।
त्यस्तै सरकारले संचारकर्मीहरुको हितका लागि न्यूनतम पारिश्रमिक निर्धारण गरेको र मिडिया सञ्चालकहरुका लागि विज्ञापन नीति ल्याएकाले यस क्षेत्रको विकासमा सरकार गम्भिर रहको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता
-
धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने
-
उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रवाहमा अलग गर्न आयोगको सुझाव
-
शिक्षकहरू आन्दोलन गर्न काठमाडौँ आउनु दलहरूका लागि लज्जाको विषय : गगन थापा (भिडियोसहित)
-
पक्राउ पर्ने र अनुसन्धानको क्रम जारी छ : गृहमन्त्री लेखक
-
पाँच सार्वजनिक संस्थानको सम्पति सरकारको नाममा ल्याउन उच्च स्तरीय आर्थिक सुधार आयोगको सुझाव