उपेन्द्र यादवले भने- एकीकरणका लागि सरकारको शर्त बनाउने राजपा पनि सरकारमा छ
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीमा रहका छजना अध्यक्षका कारण एकीकरणमा ढिलाई भएको बताएका छन् । एकीकरणका लागि राजपा नेपालका छजना अध्यक्षकै बीचमा कुरा मिलेको छैन, उनले भने, ‘राजपा नेपालमा छजना अध्यक्ष हुनुहुन्छ, दुई चारजना एकीकरणका लागि लागिपर्नु भएको छ भने केही एकीकरण नहोस् भनि अभियानमा लाग्नु भएको छ ।’
उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका अध्यक्ष यादवले आज आफ्नै मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै राजपा नेपालले सरकार छाडेपछि मात्र एकीकरण हुने शर्तको कुनै तुक नरहेको पनि बताए । उनले भने, ‘एकीकरणका लागि सत्ता मुख्य कुरा होइन, मैले पहिला नै स्पष्ट पारिसकेको थिएकि पहिला एकीकरण गरौं, त्यसपछि सरकारलाई के गर्ने नगर्ने, सरकारबाट हट्ने कि सरकारमा पार्टीबाट मन्त्री हेरफेर गर्ने त्यसको बारेमा पछि निर्णय गर्ने तर उहाँहरु सरकार छाड्ने शर्त बनाएर बस्नु भएको छ त्यसको तुक छैन ।’
समाजवादी पार्टीमात्र होइन, राजपा नेपाल समेत सरकारमा रहेको उनले स्पष्ट पारे । उनले भने, ‘राजपा नेपाल पनि सरकारमा रहेको छ, प्रदेश २ को सरकारमा सहभागी रहनु भएको स्थानीय सरकारमा पनि सहभागी रहेको छ । त्यसैले सरकारको शर्त बनाउन हुँदैन ।’
उनले पहिला पार्टीभित्र कुरा मिलाएर मात्र एकीकरणका लागि अगाडि बढ्न पनि सुझाव दिए । उनले एकीकरणको कुरा खासै अगाडि बढेको छैन, दुवै पार्टीका नेताहरु उपचुनावमा लागेका कारण कुराकानी र छलफल नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण