बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

आचारसंहिता विपरित जस्तापाता वितरण गरेको आरोप

शुक्रबार, १३ मङ्सिर २०७६, १८ : ००
शुक्रबार, १३ मङ्सिर २०७६

बुटवल । प्युठानमा निर्वाचन आचारसंहिता विपरित जस्ता पाता वितवरण गरेको आरोप लागेको छ । युठानको ऐरावती गाउँपालिका नेपाली काँग्रेसले आचारसंहितविपरित जग्ता पाता वितवरण गरेको अरोप लागेको छ । 
प्युठानको ऐरावती गाउँपालिका बार्ड नम्बर १ खलना भन्ने ठाउँमा जस्ता पाता वितरण गर्दा रोकिएको नेकपा प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले बताए । यसअघि अस्ती पनि ऐरावतीमा विद्युत पोल र तार समेत लगिएको थियो । ती विद्युतका पोल नेपाली काँग्रेस व्यक्तिहरुले आरोप छ । 

सांसद रिजालले विद्युतका पोल र तार लगेको भेटाएपछि प्रशासनलाई खबर गरी रोक्न लगाएको सांसद रातोपाटीलाई बताए । बुटवल पावर कम्पनीको झिमरुक शाखाबाट ती साम्रगाीहरु लागिएको हो । अहिले प्रशासनले रोकेर राखेको छ । आज पनि निर्वाचनको मौन अवधिमा नेपाली काँग्रेसको तर्फबाट प्रनितिधिसभा चुनाव लडेका तथा पूर्व राष्ट्रिय योजना अयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेलको अगुवाईमा विभिन्न कार्यक्रम भएका छन् । 

जिपसहित १०।१२ वाट मोटरसाईल चढेर बिभिन्न कार्यक्रम गर्दा पनि उनीहरुलाई प्रशासनले रोक्न नसकेको नेकपाको आरोप छ । प्युठानका ऐरावती गाउँपालिका १ र २ र प्युठान नगरपालिका २ मा भोली उपनिर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?