शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायिका आस्थाले ल्याइन् ‘आधार भाग २’

शुक्रबार, १३ मङ्सिर २०७६, १७ : २०
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । गायिका आस्था राउतको नयाँ एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम समुहिक सार्वजनिक गरे ।

कार्यक्रममा कलाकार हरिवंशले आस्थासँग आफूले चलचित्र ‘छक्का पन्जा २’को एक गीत ‘झ्याम्म झ्याम्म’मा सहकार्य गर्न पाएको स्मरण गर्दै आस्थाको स्वर भिन्न रहेको दाबी गरे । हरिवंशले भने, ‘आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अन्यमा पाइँदैन । त्यसकारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्न सकिन्छ ।’

त्यस्तै कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुशी लागेको बताए । 

आस्थाका सांगीतिक गुरु संगीतकार सुरेश अधिकारीले आस्था जस्तो सुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको बताए । 

एल्बममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन् । 

यी गीतमध्ये ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ । बाँकी ६ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।

कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शान थापाले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र महेश खड्काको अभिनय रहेको छ । आस्था हाल टेलिभिजन गायन रियालिटी शो ‘दी भ्वाईस अफ नेपाल’ सिजन २ को एक निर्णायक पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप