शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जना पक्राउ

शुक्रबार, १३ मङ्सिर २०७६, १३ : ५८
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौँ । नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन दवाडी, चितवनको रत्ननगर नगरपालिका १६ का अमृत खुर्सेली र ओखलढुंगाको रानीवन–७ का सविनकुमार तोलाङ्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । 

राजधानीको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये दवाडीको साथबाट विभिन्न विद्यालय तथा  कलेजको नक्कली प्रमाणपत्र बरामद भएको छ । 

यस्तै अमृतको साथबाट सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हतियार तालिम र विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमणपत्र फेला परेको सीआईबीले जनाएको छ । 

यस्तै विभिन्न व्यक्तिको नामको पासपोर्ट, नेपाल आर्मीले प्रदान गर्ने सिफारिस पत्र पनि बरामद भएको छ । 

यस्तै तोलाङ्गीको साथबाट प्रहरीले लेख्ने सिफारिस पत्र, नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ।  उनीहरुको साथ नक्कली प्रमणपत्र बनाउन प्रयोग भएका प्रिन्टर, कम्प्युटर, लेटरप्याड लगायतका सामग्री पनि बरामद भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप