विमान दुर्घटनाको जिम्मेवारीबाट पन्छिन सरकारले झुटो बोलेको थियो, ४० वर्षपछि प्रधानमन्त्री आर्डर्नले माफी मागिन्

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले ४० वर्ष अघि भएको एक विमान दुर्घटनाका लागि माफी मागेकी छिन् । सन् १९७९ मा न्यूजिल्याण्डको एक विमान अन्टार्कटिक स्थिती ३७९४ मिटर अग्लो माउन्ट इरेबसको पहाडमा दुर्घटनाग्रस्त भएको थियो । यसमा दुई सय ५७ जनाको मृत्यु भएको थियो । अनुसन्धानपछि न्यूजिल्याण्डको सरकारी विमान कम्पनीको गल्ती सार्वजनिक भएको थियो । यद्यपि, दुर्घटनाको जिम्मेवारीबाट बच्नका लागि त्यतिबेला सरकार र एयरलाइनले अनुसन्धानकर्तासँग झुटो बोले र उनीहरुलाई गलत डाटा प्रदान गरेका थिए । अब न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले दुर्घटनामा मारिएकाको परिवारसँग औपचारिक माफी मागेकी छिन् ।
मृतकमा २३७ यात्री र २० चालक दलका सदस्य थिए । यसमा धेरैजसो न्यूजिल्याण्डका सदस्य थिए । त्यसबाहेक अमेरिकी, क्यानाडेली, जापानी र अष्ट्रेलियाका नागरिक पनि समावेश थिए । सुरुमा पाइलटको गल्तीका कारण दुर्घटनाको कारण बताइएको थियो तर प्रदर्शनपछि दुर्घटनाको अनुसन्धानका लागि रोयल कमिशन अफ इन्क्वायरी बैठक बसाइएको थियो । अनुसन्धानमा सार्वजनिक भए अनुसार विमानमा राखिएको कम्प्युटर नेभिगेशन सिस्टममा परिवर्तन र यसबारे पाइलटलाई जानकारी नदिँदा दुर्घटना भएको थियो ।
सरकारले अस्विकार गरेको थियो अनुसन्धान रिपोर्टः
अनुसन्धान आयोगका प्रमुख पूर्व जस्टिस पिटर महोनले एयर न्यूजिल्याण्डका साक्षीले जिम्मेवारीबाट पन्छिनका लागि नक्कली प्रमाण प्रदान गरेको समेत बताइयो ।
दुर्घटनाका लागि पाइलट जिम्मेवार थिएनन्ः आर्डर्न
प्रधानमन्त्री आर्डर्नले पनि अकल्याण्डस्थित सरकारी भवनमा दुर्घटनाका लागि सरकारको तर्फबाट माफी मागेकी छिन् । उनले भनिन्, ‘त्यतिबेलाको सरकार र एयरलाइनले आफ्नो कामले पीडित परिवारलाई अत्यधिक पीडा दिए । दुर्घटनाका लागि पाइलट जिम्मेवार थिएनन् । सरकारी एयरलाइन्सको गल्तीका कारण तपाईंको परिवारको सदस्य तपाईंबाट टाढा भए ।’
यसअघि सन् २००९ मा एयर न्यूजिल्याण्डले पहिलो पटक पीडित परिवारसँग माफी मागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा डलर खर्च गरेर धर्मनिरपेक्षता लादियो: धवलशमशेर राणा
-
ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् २१ र २२ गते
-
दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल रद्द, यस्तो बन्यो समीकरण
-
असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ