धनगढीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
शुक्रबार, १३ मङ्सिर २०७६, १३ : ४७

कञ्चनपुर । प्रहरीले धनगढीबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–५ जाइँ बस्ने २८ वर्षीय इन्द्रजीत धामी, वडा नं ८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका– ३ घर भई हाल धनगढी–१ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढालाई गए राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिए ।
उनीहरु तीनै जनालाई धनगढीस्थित पुष्पाञ्जली होटलको कोठा नं ७०१ बाट तीन ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको उनले बताए ।