बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘सरौतो’ भर्सेज ‘लभ यू हमेशा’

शुक्रबार, १३ मङ्सिर २०७६, ११ : ४४
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । फिल्म ‘सरौतो’ र ‘लभ यू हमेशा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुबै फिल्म देशभर एकसाथ आएका हुन् । फरक फरक कथामा बनेका दुबै फिल्मले राम्रो व्यवसाय गर्ने दाबी गरिएको छ । 

‘सरौतो’
‘सरौतो’ एक महिलाको संघर्षको कथामा बनेको फिल्म हो । फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ । 

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको द्वन्द्व रहेको छ ।
फिल्मका लागि एक्सन र सांकेतिक भाषा सिक्न करिब ६ महिना बढी मिहिनेत गरेको अभिनेत्री सुमीले जानकारी दिइन् ।

‘लभ यू हमेशा’
भाष्कर प्रधानको निर्देशनमा बनेको ‘लभ यू हमेशा’ प्रेमकथाको बिषयमा बनेको फिल्म हो । फिल्मलाई यवन गुरुङले निर्माण गरेका हुन् । 

फिल्ममा सुरज गहतराज र ऋचा थापा, शिशिर राणा, गोपाल नेपाल लगायत अभिनयमा छन् । मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म दर्शकको रोजाइमा पर्ने निर्देशक प्रधानले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप