बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज शुक्रबार कुन राशिका लागि कति फलदायी ?

शुक्रबार, १३ मङ्सिर २०७६, ०६ : १३
शुक्रबार, १३ मङ्सिर २०७६

वि.सं.२०७६ साल मंसिर १३ गते । शुक्रबार । ईश्वी सन् २०१९ नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि तृतीया,३१ घडी ०३ पला,बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र मूल,०७ घडी ३० पला,बिहान ०९ बजेर ३६ मिनेट उप्रान्त पूर्वाषाढा । योग शूल,२७ घडी १४ पला,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त गंड । करण तैतिल,बिहान ०७ बजेर ०३ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर ०१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा स्थिर योग । चन्द्रराशि धनु । 

 

काठमाडौंमा सूर्योदय ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १५ पला ।  
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुनसक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीतिनिर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथीहरुबाट आलोचना खप्नु पर्नेछ  ।
 
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेकोछ । कार्यक्षेत्रमा आउने बिवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्काबिच अबिश्वास बढ्ने योग रहेकोछ ।
 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नोकरिका सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने  हुदा मनग्गे धन कमाउन सकिनेछ । जीवनसाथिको सहयोग महत्वपुर्ण कामहरु समयमा सम्पादन हुनेहुँदा मन प्रशन्न रहनेछ । सांगठनिक टिम परिचालन गरि व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुनेयोग रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपार्ईँको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित विषयहरुको निर्णय तपार्ईँ आफ्नै पक्षमा आउँने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटि तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायवाट भनेजस्तो आम्दानीनहुदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाडा हुनु पर्नेछ । आफन्त तथा सन्तानले तपार्ईँको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ ।
 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारण सँग सन्तुलित व्याबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईँको कमजोर उपश्थितिको फइदा अरुले उँठाउँन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन बिचलित हुनेछ । व्यापार व्यावसायमा न्यून नाफा हुनेहुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ ।
 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नि बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी  गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा कुटुम्बसँग व्यावहार गर्दा वा कुनैपनि कामगर्दा सावधानि अपनाउनु होला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुनसक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पतिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउँन सकिनेछ । मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्राकृतिक स्रोत साधन,सरकारी स्रोत तथा अन्य भौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानी गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेकोछ । पुराना कामहरुबाट भनेभन्दा बढि नै आम्दानी हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । बिद्या तथा प्रतिष्पर्धामा अरुदिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेहुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानी गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृड होईनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

ReplyForward

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप